Monday, December 9, 2013

पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ ..

अरु केहि होइन, पैसा नै चाहिन्छ।
पैसा छ गोजीमा, यहाँ सबै पाइन्छ।
पैसाले पुग्दैन है, डलर नै चाहिन्छ।
विदेशी इस-टाइल देशमा कहाँ पाइन्छ ?
पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ।
भात खाने मुखलाई पनि पिज्जा नै चाहिन्छ।
नोकिया थोत्रो भयो, आई-फोन नै चाहिन्छ।
पढ्ने बहाना बनाई विदेश तिर आइन्छ।
पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ।

पछि को पछि छ, देश मेरो नेपाल।
फर्किनु मन थियो, पैसा कै लफडा।
फर्कन को आउछ र ? PR पो चाहिन्छ।
नेपाली माया अब फेसबुक मै बाढिन्छ।
"Proud to be Nepali" स्टाटस राखिन्छ।
नेतालाई गाली गर्न कुन साइत चाहिन्छ ?
देशको माया लौ है अचेल इन्टरनेट मा पाइन्छ।

पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ।
अनेक बहाना बनाई विदेश नै आइन्छ।
पैसा ले पुग्दैन है, डलर नै चाहिन्छ।
देशको माया लौ है अचेल इन्टरनेट मै पाइन्छ।

No comments:

Post a Comment